century-bank

सन्नीको चलेन जादु बक्स अफिसमा,तेरा इन्तजार यस वर्षको सबैभन्दा झुर फिल्म

एजेन्सी । पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोन बलिउडमा आफ्नो हट अन्दाजका एवं बोल्ड अन्दाजका कारण बेलाबेला चर्चामा आईरहन्छीन् ।

उनै सन्नी द्धारा अभिनित फिल्मले भने निराशाजनके नतिजा हात पारेको छ । शुक्रवार प्रदर्शनमा आएको फिल्म तेरा इन्तजार बक्स अफिसमा नराम्रोसँग पछारिएको छ ।

यो फिल्ममा सनी लियोनीसँगै अभिनेता अरबाज खानको पनि मुख्य भूमिका छ । यो फिल्मले चार दिनमा १ करोड ७४ लाख मात्र व्यापार गरेको छ । पहिलो दिन ४६ लाख, दोस्रो दिन ४५ लाख, तेस्रो दिन ५८ लाख र चौथो दिन २५ लाख मात्र फिल्मले कलेक्सन गर्न सफल भयो यद्यपी यस फिल्मको ट्रेलरलाई भने दर्शकले अत्यधिक रुचाएका थिए ।

यो सँगै सनी लियोनीमाथी फिल्मांकन गरिएको गीत सेक्सी बार्बी गर्ल पनि निकै चर्चित भएको थियो । तर, फिल्म हेरेपछि समीक्षक र दर्शकले तेरा इन्तजारलाई यस वर्षको सबैभन्दा झुर फिल्म भनेका छन् ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]