century-bank

नेताहरुको आश्वासनमा विश्वास राख्दैनन् बागमती किनारका सुकुम्बासी

मनोज पराजुली

काठमाण्डौ । काठमाडौंका बागमती किनारमा आश्रय लिएर बसेका सुकुम्बासीलाई निर्वाचनले खासै उत्साह थप्न सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुकलाई नै छोपेको छ । तर, राजधानीकै वागमती किनारमा रहेका अधिकांश सुकुम्बासीको मतदाता नामावली मै नाम छैन, भएकाहरुको पनि पुख्र्यौली थलो जान सक्ने अवस्था छैन । त्यसैले पनि उनीहरुमा निर्वाचनले छुनै सकेको छैन ।

सुकुम्बासी, हरेक निर्वाचनमा दलहरुको एजेण्डा बन्ने गरेका छन् । सुकुम्वासीको मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता आजको मात्र होइन, पहिले–पहिले पनि हुने गथ्र्यो तर प्रतिवद्धता मतदानको अघिल्लो दिनसम्म मात्र कायम रहने तितो यर्थाथ छ । बागमती नदीको आसपासमा बस्दै आएका अधिकांस सुकुम्बासीको त मतदाता नामावलीमा नाम पनि छैन । भएकाहरु रकमको अभावमा पुख्र्यौलि थलो पुग्न समेत सक्दैनन् । पुख्र्यौलि थलो पनि नाम मात्रको भएको उनीहरुको गुनासो छ । मतदाता नामावलीमा नाम भएकाहरु बसिरहेको स्थानमा जसले बासको व्यवस्था गरिदिन्छ तिनैलाई भोट दिने बताउँछन् ।

विगतका चुनावमा पनि नेताहरु भोट माग्न आउने गरेको तर वाचा पुरा नगरेकोमा भने सुकुम्बासी आक्रोस व्यक्त गर्दछन् । विगतमा सरकारले पटक-पटक सुकुम्बासीका माग पुरा गराउने आश्वासन दिने तर वाचा पुरा नगर्ने गरेको उनीहरुको गुनासो रहँदै आएको छ ।

सरकारले पटक पटक सुकुम्बासीका नाममा दुःख दिने गरेको तर आफ्नो समस्या समाधान गर्न कहिले ध्यान नदिने गरेको उनीहरुको गुनासो छ ।

दलहरुले चुनावी एजेण्डामा सुकुम्बासीका समस्या समाधान गर्ने वाचा गरेपनि पूरा हुन सकेको छैन ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]