century-bank

मतगणनामा आयोगका यस्तो चुनौती, सिसीटिभी राखिने

मतगणनामा आयोगका चुनौती

काठमाडौं । मतगणना कार्य छिटो र विवादरहित रुपमा सक्न आयोगका लागि केही चुनौती समेत रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा भरतपुर १९ को मतपत्र च्यातिएपछि आयोग समेत विवादमा तानिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयुक्त पौड्यालले झिनो मतान्तरले उम्मेदवारबीच जित हार हुँदा राजनीतिक दलबीच तनाव हुने खतरा रहेको औंल्याँउदै यसप्रति सर्तक भएर आयोगले काम गर्ने बताए ।

४ वटा मतपत्र एकैपटक गन्नुपर्दा कर्मचारी र समय ब्यवस्थापनमा पनि आयोगलाई केही चुनौती थपिने देखिएको छ ।

मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधी र मतगणक बस्ने स्थलको निश्चित दुरी बनाउने, दुई पक्षका बिचमा टेबुल, बेन्त, डेस्क, डोरी वा अन्य प्रकारका छेकबार राखिने तयारी छ ।

मतगणना स्थलमा उम्मेदवार, निर्वाचन प्रतिनिधी र मतगणना प्रतिनिधीले कुनै पनि हालतमा मतपत्र छुन नपाउने गरी छेकबार राख्ने र उच्च सुरक्षा प्रबन्ध मिलाउने आयोगले जनाएको छ । मतगणना स्थलमा सिसीटिभी समेत जडान गरिने भएको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]