century-bank

आम नेपाली भाषीको कर्णप्रिय आवाज नारायण गोपाललाई सम्झिए सबैले

आम नेपाली भाषीको लागि कर्णप्रिय आवाज हो नारायण गोपाल । सबैको मन र मुटुमा अटाएको उनको आवाज न कसैले पखाल्न सक्छ नत कसैले विर्सन नै । सयौ कालजयी गीतहरु गाएका नारायण गोपालको आवाजले आम नेपाली भाषी समाज कहिले तृप्त बन्न सकेन र सक्ने छैन पनि । उनको नश्वर देश अहिले हामी माझ छैन तर उनको आवाज अमर बनेर गुञ्जिरहेको छ , अझ अमर बनिरहने छ ।

नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको २७ औं स्मृति दिवसको अवसरमा मंगलबार देश विदेशको उनको गीतहरु मात्र गुञ्जेन , उनले नेपाली सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको पनि चर्चा भयो । उनको सम्झनामा नारायण गोपाल संगीत कोष तथा विभिन्न सांगीतिक संस्थाले काठमाडौंमा विशेष कार्यक्रमको नै आयोजना ग¥यो ।

वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपाल पछि आफ्नो स्वरको जादूको कारण स्वरसम्राटको उपाधिले सम्मानित बने ।

सयौं गीत गाएका नारायण गोपालका प्राय हरेक गीत कर्णप्रिय मानिन्छन । । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले कला संस्कृतिको संरक्षण काठमाडौँ महानगरपालिकाबाट गरिनुपर्छ भन्दै नारायण गोपाल संगीत कोष भवन बनाउन एक करोड रुपैया नगद प्रदान गर्ने उद्घोष गर्नुभयो ।

नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कारबाट यस वर्ष वरिष्ठ संगीतकार रचनाकार गीतकार एवं गायकलाई सम्मान गरिएको छ । कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले स्वर सम्राट नारायण गोपालको बयान गर्दै नेपाली संगीत क्षेत्रमा माथिल्लो कोटीको निकै स्वाभिमान कलाकार भएको बताउनु भयो ।

गीतकार यादव खरेलले कुनै पनि देशको कला , साहित्य र संगीतले देशको अवलोकन हुने बताउदै नेपालको संगीत क्षेत्रलाइ यो स्थान सम्म ल्याउन
नारायण गोपाल संगीत कोष तथा विभिन्न सांगीतिक संस्थाल विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मंगलबार स्वरसम्राट नारायण गोपालको संझना गरिएको छ । कार्यक्रममा कालीप्रसाद रिजाल , भैरवनाथ रिजाल , दुर्गालाल श्रेष्ठ , कन्चन पुडासैनी , मानबहादुर मुखिया, सिके रसाइली लगायतका श्रष्टाहरुलाई विशेष सम्मान गरिएको थियो ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]