century-bank

सेलिब्रेटी खसी जसको मृत्युमा ३० हजारभन्दा बढीले शोक व्यक्त गरे

अष्ट्रेलिया । सिड्नीको एक म्युजियम बाहिरको बगैंचाको फूल चोरेपछि गेरी नाम रही सेलिब्रेटी बनेको एक खसीको निधन हुँदा सामाजिक सञ्जालमा खसीसँग जोडिएका र उसको अभिनयबाट प्रभावित लाखौं मानिस दुःखित भएका छन् ।

उक्त खशी गेरीले सिड्नीको एक म्युजियम बाहिरको बगैंचाको फूल चोरेपछि जरिवाना सुनाइएको थियो । खसीलाई जरिवाना भएपछि सिड्नीवासीले उसको जरिवाना तिर्न चन्दा संकलन गरेका थिए ।

स्ट्यान्डअप कमेडीयन जिम्बोले सँग गेरीले एक कार्टुन इमु बियरसँग साटेर ल्याएको गेरीसँगको यात्राका भिडियो शेयर गरेपछी उक्त भिडियो धेरैले रुचाए । फेसबुकमा गेरीको आफ्नै पेज छ, जसका फलोअर्सहरूको संख्या १७ लाखभन्दा बढी छ ।

गेरीको मृत्यु भएको खबर उनको पेजमा पोस्ट गर्दा पहिले धेरैले पत्याएनन् भने त्यसमा ३० हजारभन्दा बढीले शोक व्यक्त गरे ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]