century-bank

पहिलो चरणको निर्वाचनमा शेयर बजारमा उत्साहजनक बृद्धि

काठमाडौँ। प्रतिनिधि र प्रदेश सभाको पहिलो चरणको निर्बाचनको पहिलो चरणको दिन शेयर बजार २१ दशमलव शुन्य ५ अंकले बढेर १ हजार ५ सय १४ दशमलव ३४ अंकले बढेको छ ।

आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक २१ दशमलव शुन्य ५ अंकले बढेको हो । गत साता १ हजार ४ सय ९३ अंकमा रहेको बजार पहिलो आधा घण्टामा १० अंक बढेर १ हजार ५ सय शुन्य २ अंकमा पुगेको थियो । त्यसपछि बिस्तारै अन्तिम तीन घण्टा सामान्य कारोबार भएको बजार दुई अंक खुम्चदै १ हजार ५ सय १४ दशमलव ३४ अंकमा कारोवार भएको थियो ।

१ सय ५५ कम्पनीका १० लाख ७४ हजार कित्ता शेयर किनबेच भएका छ भने कुल ५९ करोड चार लाख रुपैयाँका शेयर किनबेच भएको नेप्सेले जनाएको छ । कारोबारमा आएका उपसूचकमा ट्रेडिङबाहेक सबै समूहको शेयर कारोवारमा बृद्धि भएको छ नेपाल स्टक एक्सचेञ्जका अनुसार ट्रेडिङ २ दशमलव ९४ प्रतिशतले घटेको छ ।

बैंक १ दशमलव ४६, होटल शुन्य दशमलव शुन्य ७,विकास बैंक १ दशमलव शुन्य ८, जलबिद्युत ३ दशमलव ५६, फाइनान्स शुन्यदशमलव ३७, बीमा १दशमलव ०३, उत्पादनमूलक शुन्य दशमलव ३३, अन्य १दशमलव ६३ र लघुवित्त १ दशमलव ६१ प्रतिशतले बढेका छन । नयाँ नेपाल लघुबित्त विकास बैंकका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन्।

बिशालबजार कम्पनीका शेयरधनीले सबैभन्दा बढी करिब पाँच प्रतिशत गुमाएका छन् । १ सय ५५ कम्पनीका १० लाख ७४ हजार कित्ता शेयर किनबेच भएका छन् । कुल ५९ करोड चार लाख रुपैयाँका शेयर किनबेच भएका छन्। सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको ६ करोड ८६ लाख रुपैयाँको कारोबार भयो ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]