century-bank

विकासका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक : मन्त्री चन्द

आपूर्तिमन्त्री जयन्तबहादुर चन्दले देशको समग्र विकास र समृद्घिका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभएको छ ।

बैतडीको दशरथचन्द नगरपालिकाको डुङरामा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गठबन्धनले जिते देशमा विकासको गति तीव्ररुपमा अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो “देशको आर्थिक समृद्घि र जनताको जनादेश केवल लोकतन्त्रमा मात्रै हुन्छ ।”

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]