century-bank

नेकपाका एकजना कार्यकर्ता पक्राउ

इटहरी, ६ मंसिर : निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

निर्वाचन बिरोधी गतिबिधिमा संलग्न रहेको अरोपमा प्रहरीले उनलाई स्थानीय बिपी चोकबाट गए राति पक्राउ गरिएको हो । आवश्यक सोधपुछ र अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ । उनीसंगै अहिलेसम्म सुनसरीमा नेकपाका आठ जना नेता तथा कार्यकर्तालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  (रासस)

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]