Nepa Top
century-bank

अफगानिस्तानमा दुई किशोरीमाथि एसिड आक्रमण

हेरात, अफगानिस्तान। अफगानिस्तानमा नागरिक समाजका अगुवाका छोरीहरूले आँफूहरू मङगलबार बिहान सडकमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले एसिडको प्रयोग गरी आक्रमण गरेको बताएका छन् ।

हेरात शहरका प्रहरी प्रवक्ता सैयद अहमद मोहम्मदीले किशोरीलाई उद्धृत गर्दै भन्नुभयो, “सडकमा हिँडीरहेका किशोरीमाथि मोटरसाइकलमा आएका दुई अपरिचित किशोरले एसिडको प्रयोग गरी आक्रमण गरेका थिए ।”

 याक्ता र फरेस्ता नाम गरेका दुई बहिनीलाई आक्रमण भएको दावीपछि घटनाबारे प्रहरीले छानवीन शुरु गरेको प्रहरी प्रवक्ता मोहम्मदीले बताउनुभयो । उहाँले भन्नुभयो, “आक्रमणमा एसिडनै प्रयोग भएको थियो वा अन्य कुनै पदार्थको प्रयोग भएको हो भन्नेबारे अहिल्लै भन्न हतार नगरौँ । छानवीनपछि सवै बाहिर आउनेछ ।”







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]