century-bank

विकासका लागि काँग्रेसको नेतृत्व आवश्यक : राज्यमन्त्री विष्ट

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले पश्चिम सुर्खेतको विकासका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक परेको बताउनुभएको छ ।

सुर्खेतको बराहताल गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र नं २ को (ख) का उम्मेदवार समेत रहनुभएका उहाँले आफूले थालेका अधुरा कामलाई पूरा गर्न फेरि एकपटक निर्वाचनमा विजयी गराउन आग्रह गर्नुभयो । आफू निर्वाचित भएपछि पश्चिम सुर्खेतमा थुप्रै विकासका काम भएको जिकिर गर्दै राज्यमन्त्री विष्टले यस क्षेत्रबाट पुनः निर्वाचित भएमा थप विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुर्खेत क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार एवं पूर्वमन्त्री हृदयराम थानीले जिल्लाको विकासका लागि काँग्रेसलाई जिताउन आह्वान गर्नुभयो । उहाँले सुर्खेतमा भएको विकास काँग्रेसले नै गरेको दाबी गर्दै थप विकासका लागि पनि काँग्रेसलाई नै जिताउनुपर्नेमा जोड दिनुभयो ।

सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री शिवराज जोशी, काँग्रेस सुर्खेतका पूर्वउपसभापति कालीप्रसाद शाक्य, उपेन्द्रबहादुर थापालगायतले काँग्रेसले जितेमात्रै लोकतन्त्र बलियो र मुलुकमा विकास हुने दाबी गर्नुभयो ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]