century-bank

सोमबार ओरालो लागेको शेयर बजारमा मंगलबार सामान्य सुधार

काठमाडौँ । सोमबारसम्म ओरालो लागेको शेयर बजार मंगलबार भने सामान्य सुधार भएको । आइतबार, सोमबार दुई दिन घटेको शेयर बजार तेस्रो दिन मंगलबार बढेको हो ।

मंगलबार शेयर बजार ३ दशमलव ८ अंकले बढेर एकहजार ४ सय ७२ दशमलव २४ अंकमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ० दशमलव ९२ अंकले बढेर ३ सय १० अंकमा उक्लिएको छ । मंगलबार कारोबार रकम भने ३५ करोडमा झरेको छ ।

मंगलबार १ सय ५९ कम्पनीका आठ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ । सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको संस्थापक शेयर खरिद बिक्रि भयो । चार करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबारको पहिलो एक घण्टामा एक अंकले घटेको बजार १२ बजेपछि उकालो लागेको थियो । सबा एक बजे सम्म ११ अंकले बढेर एकहजार ४ सय ८१ अंकमा उक्लिएको बजार त्यसपछि पुन घटेको हो । दुई बजे थोरै सम्हालिएको बजार अन्तिम आधा घण्टामा थप पाच अंक घट्दा बजार तीन अंकको वृद्धिमा समेटिएको हो ।

कारोबारमा आएका उपसुचक मिश्रित देखिएका छन् । १० समूहको कारोबारमा ६ समूह बढेका छन् भने चार समूह घटेका छन। बैंक ० दशमलव ४४, ट्रेडिङ ७ दशमलव ६८, होटेल ० दशमलव ४४, जलविद्युत ० दशमलव ३६, बीमा ० दशमलव १९ र लघुवित्त ० दशमलव १९ प्रतिशतले बढेका छन। विकास बैंक ० दशमलव १९, फाइनान्स ० दशमलव ३१, उत्पादनमुलक ० दशमलव ६, अन्य ० दशमलव ६६ प्रतिशतले घटेका छन् ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]