century-bank

नेपालमा अमेरिकी ब्रान्ड ‘फर इभर ट्वान्टी वान’को सेवा सुरु

काठमाडौँ । विश्व चर्चित अमेरिकी ब्रान्ड “फर इभर ट्वान्टी वान” ले नेपालमा पनि सेवा शुरु गरेको छ । कम्पनीले काठमाडौंको वौद्ध स्थित फुलवारी कम्प्लेक्सबाट सेवा शुरु गरेको हो । नेपालमा पहिलो पटक सेवा शुरु भएको फर इभर ट्वान्टी वानको कलाकार ओसिमा बानु र फर इभरका नेपाल प्रोमोटर टुकु कर्मा रोकाले सयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

विशेष गरी युवाका लागि फर इभर ट्वान्टीको कपडाहरु लोकप्रिय मानिन्छ । नेपालमा ब्रान्डेड कपडा लाउने पारखीलाई लक्षित गरी सेवा शुरु गरिएको कम्पनीका नेपाल प्रमुख रोकाले जानकारी दिनुभयो । ”मैले यसबाट पैसा कमाउनु भन्दा नेपालीलाई ब्रान्डेड र कम शुल्कमा सेवा दिऊ भन्ने उदेश्य हो” कर्माले भने । उहाले यसबाट भएको आम्दानी मोर्डन विधालय संचालनका लागि खर्च गरिने समेत बताउनुभयो ।

कम्पनीले उद्घाट्नको अवसरमा १० प्रतिशत सम्म छुट दिएको छ । अगामी दिनमा ग्राहकहरुको ईच्छा अुनसार थप छुट र अन्य ठाउँमा पनि शाखा विस्तार गर्दै लैजाने लक्ष्य रहेको फर ईभिरका नेपाल प्रतिनिधी छिरिङ मेता गुरुङले बताउनुभयो ।

कम्पनीले शोरुम उदघाटनको अबसरमा सोहिदिन काठमाडौंको ह्यात होटलमा फेशन शो समेत आयोजना गरेको थियो । शोमा अहिलेका चर्चित नायिका स्वस्तिमा खड्का सबैभन्दा आकर्षणको केन्द्र बिन्दु बनेकी थिइन् ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]