Nepa Top
century-bank

पुत्र प्रकाशको निधन पश्चात काठमाडौं फर्किएका अध्यक्ष दाहालद्वारा तीनवटै सुरक्षा निकाय प्रमुखसंग परामर्श

सन्दीप परियार

पुत्र प्रकाशको निधनको खबर सुने वित्तिकै झापाका बाँकी चुनावी कार्यक्रम रद्द गरेर काठमाडौं फर्कनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकै गम्भीर बन्नु भएको छ । उहाँले काठमाडौं फर्के लगत्तै निजी निवास लाजिम्पाटमा बिभिन्न पक्षसंग छलफल गर्नुभएको थियो ।

विहान साढे दश बजेको आसपासमा काठमाडौ फर्किए वित्तिकै अध्यक्ष दाहाल सोझै निजी निवास लाजिम्पाट पुगेर परिवारजनसंग छलफल गर्नुभएको थियो । परिवारजनसंगको छलफल पछि उहाँले तीनवटा सुरक्षा निकायका प्रमुखहरुसंग लाजिम्पाटमा नै छलफल गर्नु भएको थियो । सुरक्षा निकाय प्रमुखहरुसंग के कस्ता विषयमा छलफल भए भन्ने विषयमा खुल्न बाँकी छ । यसैगरी सुरक्षा निकाय प्रमुखहरुसंगको छलफल पछि अध्यक्ष दाहालले नर्भिक अस्पतालका चिकित्सकहरुसंग छलफल गर्नु भएको थियो ।

यस्तै दुःख व्यक्त गर्न पुगेका बिभिन्न दलका नेताहरु , शुभचिन्तक र पार्टीका कार्यकर्ताहरुसंग पछि दाहालले छलफल गर्नुभएको थियो । यसैक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनसंग पनि दाहालले छलफल गर्नु भएको थियो । माओवादी अध्यक्ष दाहालमाथि परेको यो असैह्य विपत्ति र पीडाप्रति लाजिम्पाट पुगेकाहरु सबैले सहानुभूति तथा समवेदना प्रकट गरेको बताइएको छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]