century-bank

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाण्डौ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको छ, तर औपचारिक रुपमा पुष्टि हुन बाँकी छ ।

लाजिम्पाटस्थित निवासमा अचेत भएपछि उहाँलाई आइतबार बिहान काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई हृदयघात भएको हुनसक्ने आशंका गरिए पनि अस्पतालले आधिकारिक रुपमा केही बताएको छैन । अस्पतालले भर्ना गरिएको मात्र भनेको छ । छोरा अस्पताल भर्ना भएपछि प्रचण्ड झापाबाट हेलिकोप्टरमार्फत काठमाडौं आउँदै हुनुहुन्छ । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]