century-bank

‘रोजगारी सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता’

काठमाडौँ । नेपालमा रोजगारीको अवसर सिर्जना गरेर मानवीय पुँजीमा लगानीमार्फत दिगो विकासमा योगदान गर्न आवश्यक रहेकामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

ब्रिटिश काउन्सिल नेपालले आयोजना गरेको ‘पेशागत मापदण्डका लागि निजी क्षेत्र र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टिभेट)’ विषयको कार्यक्रमका वक्ताले नेपालमा पनि मूल्याङ्कन र पेशागत तालीमको साझा मापदण्ड बनाउन आवश्यक रहेकामा जोड दिए ।

श्रम बजारमा रहेको माग र आपूर्तिबीच अन्तर हटाउन सार्वजनिक–निजी साझेदारी आवश्यक रहेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले नेपालको सन्दर्भमा सीप र तालीमको विकासमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

सबै पार्टीले आफ्नो घोषणापत्रमा आर्थिक समृद्धिलाई सबैभन्दा बढी महत्व दिएकामा खुशी प्रकट गर्दै निर्वाचनपछि स्थिर सरकार बनेर आर्थिक समृद्धिले गति लिने आशा उद्योगीले गरेको बताउनुभयो ।

ब्रिटिश काउन्सिलको ‘दक्षता टिभेट प्राक्टिकल पार्टनरसीप’ परियोजनाका ‘टिम लिडर’ सिन कर्लीले प्राविधिक तथा व्यावसायिक शिक्षामा सुधारका लागि आफूहरुले काम शुरु गरेको जानकारी दिनुभयो ।

युरोपियन युनियनको सहयोगमा २० दशमलव ६१ मिलियन युरो (करिब रु दुई अर्ब ५४ करोड) ब्रिटिश काउन्सिल र सिटिइभिटीसँगको सहकार्यमा ‘दक्षता टिभेट प्राक्टिकल पार्टनरसीप’ परियोजनामार्फत चार वर्षमा खर्च गरिने परियोजनाले जनाएको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]