century-bank

जसले ललितादेवीको घाँटी रेटेर हत्या गरे

श्रीमतीको घाँटी हँसियाले रेटेर छिनाउने जयप्रकाश यादव । तस्बिर: मनोहर पोखरेल (अन्नपूर्णबाट)

राजविराज । सप्तरीको बोदेबरसाइन नगरपालिकामा श्रीमानले मंगलबार श्रीमतीको घाँटी छिनाएर हत्या गरेका छन् । बोदेबरसाइन नगरपालिका ३ गौराका ४२ वर्षीय जयप्रकाश यादवले श्रीमती ललितादेवी यादवको घाँटी रेटेर हत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

धान काट्न आफ्नो खेत गएकी श्रीमती ललिताको हातबाट हँसिया खोसेर यादवले घाँटी रेटेर टाउको अलग गरिदिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । हत्यापछि भागेर घर गएका आरोपित यादवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय कल्याणपुरमा हिरासतमा राखेको छ ।

श्रीमान श्रीमतिबीच पारिवारिक कलह र विवाद भइरहेको छिमेकीले बताएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]