Nepa Top
century-bank

पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी

मंगलबार साँझ ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । प्रहरीका अनुसार त्यहाँ रहेको प्लास्टिक उद्योगमा आगलागी भएको कारण आगो नियन्त्रणमा ल्याउन असहज भइरहेको छ । के कारणले आगलागी भएको भन्ने खुल्न सकेको छैन । त्यस्तै, क्षतिको विवरण पनि आएको छैन ।

वारुण यन्त्रहरु त्यहाँ पुगेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय मिलेर आगलागी नियन्त्रणमा खटिएका छन् ।

 







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]