century-bank

मतदाताको आरोपः पैसा र शक्तिको बलमा निर्वाचन जित्न दलहरु प्रयासरत्

फेरि मुलुक एक पटक निर्वाचनमय बनेको छ । औपचारिकरुपमा विक्रम संवत् २०१५ सालबाट निर्वाचन सुरु भएको हो । त्यसयता बागमतीमा धेरै पानी बग्यो । निर्वाचन आएसँगै दल तथा उम्मेदवारहरु आश्वासनको पोका बोक्दै गाउँ पस्छन् । अनि निर्वाचन सकिएपछि विर्सिने कथा दोहोरिनुमा नौलोपन मानिदैन । १५ सालदेखि निर्वाचनमा भाग लिएका बृद्धबृद्धा अहिले पनि उस्तै आश्वासन पाउने गरेको विनाहिच्किचाहट बताउँछन । परिवर्तन कहिले नभएको गुनासो उनीहरुको छ ।

यीनि हुन् जीवकुमारी पुडासैनी । काठमाडौं डिल्लीबजारकी ९६ वर्षिया जीवकुमारी १५ सालकै मतदाता हुन् । झण्डै ६० वर्षदेखि निर्वाचनको रौनक देखेकी उनलाई कत्ति पनि फरक लाग्दैन । त्यसताका पनि विकासकै नारा लिएर आउने उम्मेद्वारहरु कहिले सपना पुरा नगर्ने गरेको उनको गुनासो छ । तर, फरक यति हो त्यसताका मतदाताको मन जित्ने प्रयासमा दल र उम्मेद्वार रहन्थे ।

विक्रम संवत् २०४८, २०५१, २०५६ को आम निर्वाचनमा उनले भाग लिइन । त्यसपछिका २०६४ को संविधानसभा र २०७० को दोस्रोपटक भएको संविधानसभामा पनि उनी मतदाता थिइन । दुई पटकको संविधानसभालाई छाड्ने हो भने पनि बाँकी ४ वटा निर्वाचनमा एकै खाले विकासको नारा उठाउने गरेको सम्झना उनलाई ताजै छ । तर, ति बाचा समय परिवर्तनसँगै कतै कहि खासै पूरा नभएको गुनासो गर्न उनी जस्तै बृद्धबृद्धा हिच्किचाउँदैनन् ।

काठमाडौंकै ९५ वर्षको उमेर पार गरेको झंकप्रसाद बाँस्कोटा पनि जीवकुमारीकै भनाईलाई समर्थन गर्छन । विगतमा जस्तो अहिलेको निर्वाचन धन र डनको प्रभावमा परेको छ । बाँस्कोटाको पनि आफ्नै अनुभव छ । उनी सुनाउँछन्, पहिले–पहिले मतादाताको मन जित्ने भन्दा पनि धन र शक्तिको आडामा निर्वाचन लड्ने परम्परा नै बस्न थालेको छ ।

अर्की ७७ वर्षिया विमलादेवी पुडासैनी पनि पहिलेभन्दा अहिले विकृतिको श्रृंखला नै निम्तिएको बताउँछिन् । पीरमर्का बुझ्न नेता फर्किएर नआउने उनको गुनासो छ ।

यी बृद्धबृद्धाको भनाईले राजनीति सारै विकृत बन्दै गएको प्रष्ट हुन्छ । आफ्नै प्रतिवद्धता सम्म पुरा गर्न नसक्ने दलहरु के समृद्ध मुलुक निर्माण गर्न सक्षम रहलान् ? प्रश्न आम मतदाताको ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]