century-bank

काठमाडौंमा गर्भपतन बढ्यो

काठमाडौं । काठमाडौंमा गर्भपतन गराउने किशोरीको संख्यामा बृद्धि भएको एक तथ्यांकले देखाएको छ । पछिल्लो तीन बर्षको तुलनामा आर्थिक वर्ष ०७३÷७४ मा काठमाडौंमा गर्भपत गराउने किशोरीको संख्या बढेको हो ।

काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयले हालै तयार पारेको एक तथ्यांकले २४ प्रतिशत किशोरीले २० बर्ष भन्दा कम उमेरमै गर्भपतन गराउने गरेका छन् । चालु आर्थिक बर्षमा मात्रै १३ हजार ५७ जनाले गर्भपतन गराएका छन् । जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार असुरक्षित यौन सम्पर्क गरी सुरक्षित गर्भपतन गराउन आउनेमा २० बर्ष मुनिका तीन हजार दुई सय ६२ जना छन् ।

आर्थिक वर्ष ०७२÷७३ मा १५ हजार ३ सय ६ जनाले गर्भपतन गराएकोमा ३० प्रतिशत किशोरी थिए । आर्थिक वर्ष ०७३÷७४ मा १३ हजार ५७ जनाले गर्भपतन गरेकोमा २४ प्रतिशत किशोरी रहेका छन् । सानै उमेरमा हुने गरेको गर्भपतनले मातृ मृत्युदर बढाउन मद्दत गर्ने बिशेषज्ञहरुले बताए । शरीर पूर्ण रुपमा परिपक्क नभएको अवस्थामा हुने गर्भपतनले महिलाको स्वास्थ्यमा दीर्घकालिन असर पर्नुका साथै मातृ मृत्युदर बढाउन सक्ने चिकित्सकहरुले औल्याएका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]