century-bank

इराकी कुर्दिस समुदाय वार्ताका लागि तयार

इराकको स्वशासित कुर्दिस क्षेत्रमा जनमतसङ्ग्रहमार्फत स्वतन्त्रताको घोषणा गर्ने तयारी भएका समय यही नोभेम्बर ६ मा सर्वोच्च अदालतले स्वतन्त्रताको घोषणामा रोक लाग्ने गरी निणर््ाय दिएपछि कूर्दिस समुदायले वार्तामार्फत समस्याको समाधान खोज्न तयार देखिएको छ ।
अदालतको स्वतन्त्रताका घोषणामा रोक लगाउने निर्णयपछि कूर्दिस समुदाय अदालतको आदेशलाई आधार बनाउदै वार्ताका लागि तयार भएको जनाएको छ ।
मङ्गलबार एक वक्तव्य जारी गरी कूर्दिस समुदायको बाहुल्यता रहेको क्षेत्रीय सरकारले सर्वोच्चको निर्णयलाई मान्न तयार रहेको जनाएको छ ।
वक्तव्यमा भनिएको छ, “संघीय सर्वोच्च अदालतको नोभेम्बर ६ को निर्णयलाई हामी मान्न तयार छौँ ।”
कूर्दिस क्षेत्रीय सरकारको पछिल्लो निर्णयले उक्त क्षेत्रको बग्दादसँगको तनावलाई घटाएर लाने सङ्केत देखिएको छ ।
कूर्दिस समुदायको बाहुल्लय रहेको उक्त क्षेत्रमा केही समय पहिले भएको निर्वाचनमा ९० प्रतिशत मतदाताले स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए । तर जनमतसङ्ग्रहलाई केन्द्र सरकारले मान्यता दिएको छैन ।
जनमतसङ्ग्रहपछि केन्द्र सरकारले कूर्दिस समुदायको बाहुल्यता रहेको उत्तरी शहर किर्कुक लगायतका अन्य भागलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
बग्दाद अर्थात् केन्द्र सरकारले कूर्दिस अधिनस्त क्षेत्रीय सरकारसँग वार्तामा बस्नु पहिले मतदानको निर्णयलाई बदर गर्नुपर्ने बताउँदै आएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]