century-bank

देवघाटका वृद्धवृद्धाको आशिर्वाद लिएर चुनावी घरदैलो शुरु

नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यले आज पवित्र तीर्थस्थल देवघाटधामबाट घरदैलो अभियान शुरु गर्नुभएको छ ।

शिक्षा राज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेषनाथ अधिकारी र प्रदेशसभा सदस्य उम्मेदवार जितनारायण श्रेष्ठले देवघाटस्थित लक्ष्मीनारायण मन्दिरमा पूजा गरी घरदैलो अभियान शुरु गर्नुभएको हो ।

भरतपुर महानगरपालिका–१ स्थित देवघाटमा रहेका वृद्धवृद्धाको आर्शिवाद लिँदै घरदैलो अभियान सुरु गरिएको शिक्षा राज्यमन्त्री अधिकारीले बताउनुभयो ।

घरदैलो कार्यक्रमपछि मन्त्री अधिकारीले देवघाटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

प्रदेशसभा सदस्यका उम्मेदवार नेका चितवनका सभापति जितनारायण श्रेष्ठले बाँदर नियन्त्रणका लागि देवघाट क्षेत्र विकास समितिसँग समन्वय गरी अघि बढ्ने बताउनुभयो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]