century-bank

‘शेरबहादुर’ को ‘कान्छी मट्याङ ट्याङ’ रिलिज (भिडियोसहित)

काठमाडौं । फिल्म ‘शेरबहादुर’ को आइटम गीत सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण कम्पनी धिराज प्रोडक्शनले फिल्ममा समावेश गीत रिलिज गरेको हो ।

सार्वजनिक गीतमा कलाकार मेनुका प्रधान, कर्म र रविन्द्र झा फिचर भएका छन् । ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीतमा कोशिश क्षेत्री र मीना निरौलाले संयुक्त रुपमा स्वर भरेका छन् ।

गायक कोशिश कै शब्द तथा संगीत समावेश यो गीतमा बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ । आगामी माघ १९ गते प्रदर्शन हुने यस फिल्ममा सुनिल थापा, कर्म, मेनुका प्रधान र रविन्द्र झाको मुख्य भूमिका रहेको छ ।

प्रमोद क्षेत्रीको लेखन रहेको फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन् । फिल्मलाई उपत्यकामा गोपालकाजी कायस्थले वितरण गर्नेछन् भने मोफसलमा एफ.डी. कम्पनीले वितरण जिम्मा लिएको छ । फिल्मलाई गौरी शंकर धुजु र धिराज राजवंशले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]