century-bank

दीपिकाको ‘पद्यावती’ बचाउन सलमानको यस्तो टिप्पणी

एजेन्सी । ‘पद्मावती’ फिल्म लामो समयदेखि विवादमा तानिएको छ। दीपिका पादुकोण केन्द्रीय भूमिकामा रहेको यस फिल्म सम्बन्धि एकथरीले रिलिज रोक्नुपर्ने माग गरिरहेका छन् । विशेषगरी राजस्थानको राजपुत समुदायले फिल्ममा राजपुत कन्यालाई गलत तरिकाले प्रस्तुत गरिएकाले फिल्म रोक्नुपर्ने माग राख्दै आएका छन्।

त्यसोत, यिनै विवादका बीच अभिनेता सलमान खानले भने फिल्मको पक्षमा अभिव्यक्ति दिएका छन् । उनले एक अन्तर्वार्तामा फिल्मका निर्देशक सञ्जय लीला भन्सालीको पक्षमा बोलेका हुन् । उनले सो अन्तर्वार्तामा भन्सालीले कहिल्यै गलत काम नगर्ने र गलत कुरा फिल्ममा पनि नहुने बताएका छन्।

सलमानले अन्तर्वार्ताका क्रममा फिल्म नहेरी टिप्पणी र आलोचना गर्नु ठिक नभएको भन्दै यसका लागि सेन्सर बोर्डको निर्णय कुर्नुपर्ने धारणा राखेका छन्।

दीपिकाका साथै रनवीर सिंह र शाहिद कपूर अभिनीत फिल्म डिसेम्बर १ तारिखमा रिलिज हुँदै छ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]