century-bank

विराट र अनुष्का छिट्टै विवाह गर्दै ,विवाहको मिति समेत जुर्यो

एजेन्सी । भारतीय  चर्चित क्रिकेटर् एबम  टीमका कप्तान विराट कोहली र बलिउडकी  हालकी चल्तीकी नायिका अनुष्का शर्मा छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको भारतीय संचारले जनाएको छ ।

आफ्नो ब्यस्त समयको बाबजुद समय निकालेर  उनीहरु दुबैले विवाह गर्ने भएका छन् , स्रोतका अनुसार उनीहरुको बिवाह यही वर्षको डिसेम्बरमा हुँदैछ  यध्यपी डिसेम्बर कुन तारिख हो भन्ने  भने सार्वजनिक गरेका छैनन । श्रीलंका विरुद्ध हुने घरेलू सिरिजबाट ब्रेक लिएर विराटले विवाह गर्ने बताइएको छ ।

बिवाह बिराटको एकदम बिजी हुने बेला पर्ने भएकोले बिवाह पछी  विराटले समय भने सिमित मात्र निकाल्न सक्ने बताइएको छ । किनकि डिसेम्बरमा तीन म्याच वनडे र तीन म्याच टी२० सिरिज खेल्नु पर्नेछ । ब्यस्त समयका बाबजुद विराटले क्रिकेट बोर्डसँग छुट्टी मागेका छन ।

यो छुट्टीको समयमा विराट र अनुष्काले विवाह गर्ने बताइएको छ । श्रीलंकासँगको म्याचपछि भारतीय टिम साउथ अफ्रिका टुरमा जाने भएकोले सो समयमा विराटले समय पाउनेछैनन् त्यसैले यसको पहिला नै विवाह गर्ने योजना बनाएको बुझिन्छ ।विराट र अनुष्काको लबस्टोरीको शुरुवात २०१३ मा एक स्याम्पुको सुटिङको बेला भएको थियो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]