century-bank

बालबालिकाका लागि दिइने जीवनरक्षक औषधिको देशभर अभाव

रिया भण्डारी

औषधि व्यवसाय व्यवसाय मात्र नभएर सेवा पनि हो तर कमिसन मात्र देख्ने औषधि आयातकर्ताहरुले धेरै नाफा नहुने औषधि जीवनरक्षक नै किन नहोस् ल्याउदैनन् । त्यसो त औषधि व्यवस्था बिभागले पनि यस्ता जीवनरक्षक औषधि आयातलाई सहज बाटो दिएको छैन । छारे रोग जस्तै काम्ने बिरामी र भर्खरै जन्मिएका काम्ने शिशुहरूलाइ जीवन रक्षकको रुपमा प्रयोग हुने औषधि फेनीटोइन् इन्जेक्सन र फिनोबारबिटोन नेपालभर आभाव हुँदा उपचारमा समस्या परेको चिकित्सकहरुले बताएका छन् ।

छारे रोग भएर काम्ने र भरखर जन्मेका काम्ने १० देखि १५प्रतिशत शिशुलाई फेनीटोइन् इन्जेक्सन र फिनोबारबिटोन औषधि जीवन रक्षकको रुपमा प्रयोग हुुने गर्दछ । भारतबाट आयात हुदै आएको यो इन्जेक्सन जीवन रक्षक औषधि भए पनि कम मुल्य पर्ने र धेरै नाफा नहुने कारण आयात गर्ने ब्यापारीहरु पनि दर्ता गरेर यो औषधि आयात गर्न चासो दिंदैनन् त्यसो त औषधि ब्यबस्था बिभागले पनि यो जीवन रक्षक औषधि हो भनेर दर्ता प्रक्रियामा सहज गर्दैन । कान्ति अस्पतालमा मात्र दैनिक १२ देखि १५ जना बिरामी फेनाटोइन इन्जेक्सन र फेनोबारबीटोन खोज्दै आउने गरेको र लामो समय देखि अभाब रहेको अस्पतालका फार्मेसी इन्चार्ज सुजन नेपाल बताउनुहुन्छ ।

त्यसैगरी प्रसुति गृहमा दैनिक १५ देखि २० जना नवजात शिशुलाइ यो औषधिको आवश्यक छ । यस्तो जीवन रक्षक औषधि विगत ३ वर्ष देखि अभाव हुँदा बालबालिकाको उपचार गर्न कठिन भएको मणिपाल शिक्षण अस्पतालका बाल रोग विशेषज्ञ डा.दीपकप्रसाद कोइराला बताउनु हुन्छ ।

त्यसैगरी मणिपाल शिक्षण अस्पतालका फार्मेसी इञ्चार्ज रमेश बोहराका अनुसार यी औषधि मात्र नभई ३ बर्ष अगाडिसम्म सहज उपलब्ध हुने हटट्र्याक हुनुसाथ बिरामीलाइ इन्जेक्क्सन मार्फत दिइने टेनिटिप्लेसन नामक जीवन रक्षक औषधिको पनि अभाब छ ।

यस्ता औषधि अभावले विमारीको ज्यान सम्म जान सक्ने संभावना रहन्छ । तर औषधि ब्यबस्था विभागले यस्ता जीवनरक्षक औषधिको अभाबलाइ बेवास्ता गरेको आरोप सर्वसाधारणको छ । बिगतमा आयात गर्दै आएका ब्यापारीहरुले कम्पनी रजिष्टार सम्बन्धि विभिन्न कारणले आयात गर्न नसकेको जिकिर गर्दै आएका छन् । तर यसको प्रत्यक्ष प्रभाव विमारीलाई परेको छ । यस्ता जीवनरक्षक औषधिको अभाबलाइ औषधि व्यवस्था बिभागले गम्भीरतापूर्वक लिंदै सम्बन्धित औषधि आयातकर्ता कम्पानीसग आवश्यक कागजात पुरा गराइ यि औषधि उपलब्ध गराउन अत्यन्त आवश्यक छ ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]