century-bank

‘लिलिबिली’ मा प्रियंका प्रदीपको हेरोइन बन्ने पक्का

‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट एकाएक चर्चामा आएका नायक प्रदीप खड्का अहिले नयाँ फिल्म ‘लिलिबिली’को काममा व्यस्त छन् । गएको महिना यो फिल्मको काठमाडौंको पाँचतारे होटलमा भब्य कार्यक्रमका विच निर्माण घोषणा गरिएको थियो । सो कार्यक्रममा, नायक प्रदिप खड्का र २ नयाँ नायिका बडिगार्डसहित उपस्थित भएका थिए । अधिकांश छायांकन बेलायत र स्कटल्याण्डमा हुने यो फिल्मका लागि प्रदीपले २२ लाख पारिश्रमिक लिएको चर्चाले सिनेनगरी तातेको थियो ।

फिल्मको निर्माण घोषणाको बखत चलचित्रमा प्रदिपसँग रोमान्स गर्न दुई नव-नायिका रेविका गुरुङ र जसिता गुरुङ तयार भएका थिए । तर, चलचित्रको छायांकन सुरु हुनै लाग्दा कलाकार परिवर्तन भएका छन् ।  चलचित्रको छायांकनका लागि नायक प्रदिप खड्का बेलायत पुगिसकेका छन् ।प्रदीपको जोडीको रुपमा नव-नायिका द्वय जसिता गुरुङ र रेविका गुरुङलाई पत्रकारमाझ परिचय गराइएको थियो ।

बारम्बार रेबिकाले  फाटोसुट गराएर  बेलायती दूतावासमा भिषा आवेदन दिइन् तर दोस्रो पटक पनि उनको भिषा अस्वीकृत भएको स्रोतले  बताएको छ  । पटक-पटक फिल्मकी मुख्य हिरोइनको भिषा आवेदन रद्द भएपछि फिल्म निर्माण टीमले रेविकाको स्वास्थ्य अवस्था ठिक नभएको भन्दै उनको ठाउँमा नायिका प्रियंका कार्कीलाई अनुवन्धित गरेको छ ।

अब, यो चलचित्रमा नायिका प्रियंका  कार्कीले काम गर्ने पक्का भएको छ ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]