century-bank

मंगलवारदेखि सबै टेलिभिजनमा अनिवार्य सेट-टप बक्स

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले २०७४ कार्तिक २८ गते मंगलवारदेखि क्षेत्रमा डिजिटल टेलिभिजन सेवालाई अनिवार्य गर्ने भएको छ । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गरी कात्तिक २८ गतेदेखि एनालग टेलिभिजन बन्द हुने जानकारी दिँदै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबासीलाई आफ्नो घरमा डिजिटल केबल टेलिभिजन जोड्न आग्रह गरेको छ ।

एनालग (तारबाट सञ्चालित) प्रविधिलालाई डिजिटल प्रविधिमा परिणत गर्नुपर्ने व्यवस्था भएपछि केबल मार्फत टिभी हेरिरहेका ग्राहकले सेट–टप बक्स जडान गर्नुपर्ने अनिवार्य भएको हो। एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो ।

मन्त्रालयले केबल टेलिभिजन महासंघलाई महासंघमा आवद्ध टेलिभिजनहरुलाई कात्तिक २८ गतेदेखि एनालग टेलिभिजन बन्द हुने सूचना स्क्रोलिङ गरिदिन पनि आग्रह गरेको छ । २८ गते आफ्नो प्रशारण बन्द नगर्ने एनालग टेलिभिजनको लाइन काट्ने तयारी सञ्चार मन्त्रालयले गरिरहेको छ ।

लामो समयदेखि एनालग टेलिभिनज बन्द गर्ने मन्त्रालयले तयारी गरे पनि बन्द गर्न सकेको थिएन । मन्त्रालयले गत वैशाख १५ गतेबाट नै एनालग टेलिभिजन बन्द गर्ने सूचना निकालेर पनि पछि हटेको थियो ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]