century-bank

अन्तर्राष्ट्रिय डिजिटल आर्ट प्रदर्शनी काठमाडौंमा सुरु

काठमाडौँ । अन्तर्राष्ट्रिय डिजिटल आर्ट प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । सिन्हुआ न्यूज एजेन्सी र चाइना मोबाइल तिब्बत कम्पनीले आयोजना गरेको आर्ट प्रदर्शनी ४ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

काठमाडौँमा लाजिम्पाट स्थित शांग्रिला होटेलमा शुक्रबारबाट अन्तर्राष्ट्रिय डिजिटल आर्ट प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा तिबेटियन सांस्कृतिक सम्पदाको जानकारी दिने उद्देश्य रहेको छ । चार दिन सम्म हुने यस आर्ट प्रदर्शनी सिन्हुआ न्यूज एजेन्सी र चाइना मोबाइल तिब्बत कम्पनीले आयोजना गरेको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य प्रदर्शनीको उद्घाटन गर्दै प्रदर्शनीले दुवै देशको मात्र नभएर कलाकारबीचको सम्बन्धलाइ अझै प्रगाढ बनाउने बताउनु भयो । डिजिल आर्ट प्रदर्शनी भर्चुअल आर्टमा केन्द्रित रहेको छ । साथै प्रदर्शनीमा भर्चुअल आर्ट हेर्नको लागि दस वटा भन्दा बढि हेडसेटको व्यवस्था पनि गरिएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]