century-bank

ठोस कारण बिना नै दिनहुँ शेयर बजार ठुलो अन्तरले गिरावट

काठमाडौँ । ठोस कारण बिना नै दिनहुँ शेयर बजार ठुलो अन्तरले घटिरहेको छ । जसका कारण लगानीकर्ताको बजारप्रतिको उत्साह समेत कमजोर बन्दै गएको छ । निरन्तरको गिरावटले बजार पूँजीकरण पनि १६ खर्बको नजिक पुगेको छ ।

बुधबार बजारमा सेयर बिक्री चाप अधिक आए पछि परिसुचक १७ दशमलब ८३ अंकले घटेर एक हजार चार सय ६६ दशमलब ८३ अंकमा पुगेको छ । बुधबार १ सय ५९ कम्पनीका ११ लाख ९८ हजार २ सय ६४ कित्ता सेयरहरु ५ हजार ३ सय ८३ कारोबारबाट ४७ करोड ७७ लाख ९ हजार रुपैंयामा किनबेच भएका छन् । मंगलबार बजार झण्डै दोहोरो अंकले तल झर्दा ४२ करोड ४४ लाख रुपैंयाको सेयर किनबेच भएको थियो ।

बजार जति तल झर्छ त्यत्ति नै धेरै कारोबार पनि भैरहेको छ । बुधबार कारोबार भएका सबै उपसमुहहरुमा गिरावट आएको छ । बीमा समुहमा सबैभन्दा धेरै १ सय ३५ दशमलब ०५ अंकको गिरावट आएको छ भने होटल समुहमा ७६ दशमलब ३५ अंकको गिरावट आएको छ ।

जलविद्युतमा २८ दशमलब २५ अंकको गिरावट आएको बजारमा लघुवित्तमा २१ दशमलब ५८, विकास बैंकमा २१ दशमलब ५१, वाणिज्य बैंकमा १४ दशमलब ३८, वित्तमा ८ दशमलब ४६ अंकको गिरावट आएको छ । त्यसै गरी व्यापार समुहमा ३ दशमलब ६३, उत्पादन समुह ३ दशमलब २१ र अन्य समुहमा २ दशमलब ८९ अंकको गिरावट आएको नेप्सेले जनाएको छ ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]