century-bank

सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा शाह नियुक्त

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनिल केशरी शाहलाई नियुक्त गरिएको छ । बैंकको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

मेगा बैंक नेपालको स्थापना कालदेखी नै प्रमुख कार्यकारी अधिकृतको रुपमा रही दुई कार्यकाल काम गर्नु भएको शाहलाई २०१८ को जनवरी १ तारिख देखि काम गर्ने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको सेञ्चुृरी कर्मंसियल बैकले जनाएको छ ।

मुलुकको बैकिङ क्षेत्रमा अनुभवी र्बैकर्सको रुपमा परिचित शाहले यस अघि  स्टान्डर्ड चार्टड बैंक,नबिल रु मेगा बैकमा काम गरिसक्नु भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ५ वटा क्षेत्रिय बैंकहरुलाई एकीकृत तथा हकप्रद शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम ८ अर्ब पूंजी पुर्याउदै छ भने १०० भन्दा बढी शाखा कार्यलयहरुबाट बैंकिङ्ग सेवा विस्तार गर्ने तयारी  गरेको जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]