century-bank

साताको शेयर कारोवारमा १७ अंक भन्दा बढीको गिरावट

काठमाडौँ । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८१ कम्पनीहरुको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारबाट दुई अर्ब २४ करोड ६२ लाख ९७ हजार रुपैयाँ बराबरका ६२ लाख ६६ हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

गत साता एक सय ७१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १५ हजार ३सय १८ शेयर कारोबारबाट एक अर्ब ७१ करोड ११ लाख ६४ हजार रुपैयाँ बराबरका ४६ लाख ४१ हजार ९० कित्ता सेयरहरु खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव ४२ अंकले घटेर अन्तिम दिन १ हजार ५ सय २२ दशमलव ८१ अंकमा पुगेको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव ५९ अंकले घटेर ३ सय १९ दशमलव ६४ अंकमा आईपुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस साता कारोबार रकम ११ करोड ३२ लाख ७० हजार रुपैयाँ को आधारमा राष्ट्रिय विमा कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ५८ हजार कित्ता) को आधारमा ज्योती विकास बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्याको आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको नेप्सेले जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]