century-bank

नेपालको आभुषण बजारमा ८० प्रतिशत विदेशी कामदार, बर्षेनी बाहिरिन्छ १८ अर्ब रुपैयाँ

सविता उप्रेती

नेपालीहरु रोजगारीका लागि विदेशिने तर विदेशीहरु भने नेपालमा आएर चाहे जस्तो कमाउन सक्ने अवस्थाले मुलुक आर्थिक भकारीलाई थप कमजोर बनाउदैछ । दक्षिण एशियाली कामदार त्यस्मा पनि बढी भारतीयहरुले नेपालको धेरै क्षेत्रमा आफ्नो प्रभाव र आवश्यकता बढाउदै लग्दा महंगो मानिने गरगहनाको आभुषण बजारमा पनि एकक्षत्र उनीहरुको नै राज चल्दै आएको छ । जस्ले गर्दा प्रत्येक बर्ष १८ अर्ब रुपैयाँ नेपालबाट वाहिरिदै छ ।

अहिले नेपालको आभुषण बजारमा रहेका करिव सवा लाख विदेशी कालिगढले वार्षिक १८ अर्ब रुपैयाँ विदेश लैजाने गरेका हुन् । दक्ष हुँदा हुँदै पनि कतिपय नेपाली कालीगढले यो क्षेत्रमा रोजगारी पाउँदैनन् । अर्काेतिर नेपाली भन्दा भारतीय कालीगढले सस्तोमा काम गर्ने हुँदा पनि व्यवसायीको रोजाईमा भारतीय कालीगढ नै पर्दै आएको छ ।

फाइल तस्विर

सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा २ लाख आभुषण (सुन, चाँदी, हिरा, मोती) का गहना बनाउने कालिगढ छन् । यो संख्याका ७५ देखि ८० प्रतिशत कालिगढ विदेशी रहेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य बताउनु हुन्छ ।

नेपालमा २५ हजार सुनचाँदी व्यवसायी छन् । यसमध्ये काठमाडौं जिल्लामा मात्रै ६ सय व्यवसायी यो कारोबारमा संलग्न छन् । राज्यले चासो नदिएका कारण बर्षेनी करोडौं रकम मुलुकले गुमाइरहेको पुर्व अध्यक्ष शाक्यको गुनासो छ ।

नेपालीलाई नै यो पेशामा आकर्षित गर्न सके नेपाली पैसा विदेश पनि नजाने र रोजगारी समेत पाउने वातावरण बनाउन सरकारले चासो देखाउन ढिलो भइसकेको छ । स्वदेशमा भने काम गर्न लजाउने र विदेशमा भने जस्तोसुकै काम गर्न पनि स्वीकार्ने नेपाली प्रवृतिमा सुधार ल्याउन आवश्यक छ । आफ्नो घरको ढुकुटीको चाबी अर्कालाई बुझाएर अर्काको पसिना बगाउँदा गर्व लाग्ने लाहुरे प्रवृतिबारे सबैले सोंच्नै पर्छ अब ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]