century-bank

एमालेले टिकट नदिएपछि दीपक मनाङे बने बागी उम्मेदवार !

काठमाडौँ । केहि दिन अघिमात्र एमाले प्रवेश गरी प्रदेशसभाका लागी सिफारिस भएका विवादास्पद पृष्ठभूमिका दीपक मनाङ्गे (राजीव गुरुङ) ले मनाङ ‘ख’बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

‘गुण्डा नाइके’ भनिएका मनाङे प्रदेशसभा सदस्यका लागि सिफारिस भएपछी सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत बिरोध भएको थियो। उनको सिफारिसप्रति चर्को आलोचना भएपछि एमालेले अन्तिममा नाम काटेको थियो ।

मनाङ्गेको ठाउँमा एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । उनी एमालेकी जिल्लास्तरकी महिला कार्यकर्ता हुन् । लामा दिपक मनाङेसँगै राप्रपाबाट एमाले प्रवेश गरेकी थिइन् । मनाङे चुनाव लड्नका लागि राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]