century-bank

फोरम सहमहामन्त्री आलम एमाले प्रवेश

भक्तपुर । पूर्व मन्त्री तथा फोरम लोकतान्त्रीका सहमहामन्त्री मुस्तक आलम नेकपा (एमाले)मा प्रवेश गर्नु भएको छ । उहाँलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमले पार्टी प्रवेश गरानुभएको हो ।

आलम उर्फ ‘राजाबाबु’लाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा स्वागत गर्नुभयो । कांग्रेसका प्रभावशाली नेता शेख इन्द्रिसका नाती आलम रौतहटमा प्रभावशाली नेता हुनुहुन्छ । गच्छद्धार कांग्रेस प्रवेश गरेपछि सहमहामन्त्री आलमले एमाले रोज्नुभएको हो ।

आलमले मधेसको बिकाशका लागि एमाले मात्रै सही पार्टी रहेको बताउनु भयो । ‘एमाले मात्रै मधेशको हितमा काम गर्ने पार्टी हो भन्ने ब्यवहारबाटै पुष्टि भइसकेको छ, यही कारण मैले एमाले रोजेको हो,’ प्रवेशपछि आलमले भन्नुभयो, ‘केपी ओली र एमाले मधेशको सच्चा हित चिताउने र बिकाशको अभियान चलाउने पार्टी र नेता हो भन्नेमा अव मधेशमा कुनै भ्रम छैन ।’

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]