century-bank

प्रतिनिधिसभा र प्रदेशसभाका लागि माओवादी केन्द्रले लगायो आफ्ना उम्मेदवार टुंगो

काठमाण्डौ । पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि माओवादी केन्द्रले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६ उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्रले जनाएको छ ।

एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले आफ्नो भागमा परेको सबै स्थानमा उम्मेदवार टुंगो लगाएको हो । प्रतिनिधिसभामा १६ उम्मेदवार तय गरेको माओवादीले प्रदेशसभाको प्रत्यक्षतर्फपनि ३३ जना उम्मेदवारको नाम तय गरेको छ । प्रतिनिधिसभातर्फ हेविवेट नेताहरुमा नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार हुने हुनुभएको छ ।

उहाँसँग नयाँशक्ति नेपालका बाबुराम भट्टराई प्रतिष्पर्धामा उत्रिनुहुने भएको छ । यस्तै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा अग्नि सापकोटाले उम्मेदवारी दिनुहुने भएको छ । यस्तै शक्तिबहादुर बस्नेतले जाजरकोटबाट, जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दिनुभएको छ । यस्तै रोल्पाबाट वर्षमान पुन उम्मेदवार बन्नुहुनेभएको छ । लमजुङबाट देवप्रसाद गुरुङको उम्मेदवारी परेको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]