century-bank

अपहरणकारीको कब्जावाट भारतीय ब्यापारीको उद्दार

सप्तरी । अपहरणमा परेका भारतका ब्यापारी अमित शारदालाई प्रहरीले सकुशल मुक्त गराएको छ । कंचनरुप नगरपालिका १२ सितापुरवाट ब्यापारी शारदालाई सकुशल मुक्त गराईएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

अपहरणकारीले ब्यापारी शारदालाई राखेको स्थानको वारेमा गोप्य सुचना आएपछि प्रहरीले उनलाई राखिएको स्थान घेरा हालेपछि अपहरणकारीको कब्जावाट मुक्त गराउन प्रहरी सफल भएको हो ।

ब्यापारी शारदालाई अपहरणमुक्त गराउने क्रममा प्रहरीले संल्गन २ जनालाई २ थान नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिनुभयो । संलग्न अन्यको खोजी भईरहेकाले नियन्त्रणमा लिईएकाहरुको नाम अहिले गोप्य राखिएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]