century-bank

प्रयोगविहिन बन्यो विराटनगर महानगरको सीसी क्यामेरा

तारा आचार्य

विराटनगर। सम्भावित घटना र अपराध नियन्त्रणका लागि विराटनगर महानगरपालिका भित्र सडकमा जडान गरिएका सीसी क्यामेरा प्रयोग विहिन बनेका छन् । महानगरपालिका भित्रको सुरक्षा ब्यवस्था चुस्त राख्न जडान गरिएको क्यामेरा सडक निर्माणका क्रममा तार चुडिएपछि प्रयोगविहिन भएको हो ।

चार बर्ष अघि मोरङ ब्यापार संघको समन्वयमा ब्यस्त बजारका २३ स्थानमा सीसी क्यामेर जडान गरिएको थियो । यसरी राखिएका क्यामेरा यतिबेला प्रयोग विहिन भएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरिक्षक सुरेन्द्र सिटौलाले जानकारी दिनु भयो । जडान गरीएका सीसी क्यामेरहरुको मर्मत गरी चाँडै संचालनमा ल्याएर सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने प्रहरी नायव उपरिक्षक सुरेन्द्र सिटौलाले जानकारी दिनु भयो ।

बजार अनुगमन र संभावित चोरी डकैतीका घटनालाई क्यामेरा बाट नियालेर नियन्त्रण गर्न सजिलो हुने र प्रहरी जनशक्ति समेत कम परिचालन हुने भएकाले नगर क्षेत्रमा सीसी क्यामेरा आवश्यक रहेको प्रहरी नायव उपरिक्षक सिटौलाको भनाई छ । सीसी क्यामेर विग्रिएका कारण बजार क्षेत्रमा चोरी बढे संगै चोरको पहिचान गर्न र पक्राउ गर्न गाह्रो भएको प्रहरीले जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]