century-bank

३४ दलले हलो चिन्हमा चुनाव लड्ने

काठमाडौं ।  ३३ दलीय मोर्चा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच चुनावी तालमेल, राष्ट्रियता र पार्टी एकीकरणबारे सहमति भएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अब मोर्चाले एराप्रपा (राष्ट्रवादी) लाई समर्थन गर्ने र आयातकार भित्रको हलो चुनाव चिह्नमा चुनाव लड्ने निर्णय भएको मोर्चाका संयोजक युवराज सफल र एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।

हाललाई चुनावी तालमेल र निकट भविष्यमा पार्टी एकीकरण गरी वैकल्पिक राष्ट्रवादी शक्ति निर्माण गर्न पार्टी एकीकरणसमेत गर्ने निर्णय भएको बताइएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]