century-bank

लागुऔषधसहित दुई पक्राउ

नवलपरासी : सरावल गाउँपालिका – ७ भुजहवाबाट प्रहरीले लागुऔषधसहित दुई जना युवालाई शुक्रबार पक्राउ गरेको छ ।

अवैध लागुऔषध नाइट्रोभेट ३९ थानसहित नवलपरासी सरावल–३ का २० वर्षीय विशाल चौधरी र सरोज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुजहवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यमबहादुर थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले जाँचका क्रममा भुजहवाको कुटी चोकमा भारतबाट लुकाइछिपाई लागुऔषध ल्याइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]