century-bank

नेकपा एमाले र माओवादी गठबन्धनद्वारा उम्मेद्वारको टुंगो लगायो, नेपाली काँग्रेस उम्मेद्वार टुंगो लगाउन छलफलमै

नेकपा एमाले र माओवादी गठबन्धनले प्रदेश प्रतिनिधि सभाको निर्वाचनका लागि मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्वार टुंगो लगाएको छ । ३२ जिल्लामा पहिलो चरणमा हुने निर्वाचनमा प्रतिनिधि सभाका ३७ वटा निर्वाचन क्षेत्रमध्ये एमालेले २१ र माओवादी केन्द्रले १६ ठाउँमा उम्मेद्वारी दिने सहमति सँगै उम्मेद्वार टुंगो लगाएका हुन् ।

गठबन्धनले प्रदेशसभाका ७४ सिटमध्ये एमालेले ४१ र माओवादीले ३३ सिटमा उम्मेदवारी दिने सहमति गरेका छन् । प्रतिनिधिसभामा एमालेले ताप्लेजुङ, पाँचथर, संखुवासभा, ओलखढुंगा, खोटाङ्ग, दोलखा, रसुवा, सिन्धुपाल्चोक–२, नुवाकोट–२, धादिङ १ र २, बाग्लुङ्ग–१, मनाङ्ग, मुस्ताङ्ग, म्याग्दी, डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी र दार्चुलामा उम्मेदवार उठाउने सहमति गरेको छ । यता माओवादी केन्द्रले भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक–१, नुवाकोट–१, गोरखा–१, बाग्लुङ–२, लमजुङ, रोल्पा, पूर्वी र पश्चिमी रुकुम, जुम्ला, कालिकोट, हुम्ला र जाजरकोटमा उम्मेदवार उठाउने सहमति भएको छ ।

त्यसैगरि प्रदेशसभामा भोजपुर, सोलुखुम्बु, रामेछाप, मुस्ताङ्ग, मनाङ्ग, जाजरकोट र बाजुराका सबै क्षेत्रमा एमालेका उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गर्नेछ भने पूर्वी र पश्चिम रुकुम, रोल्पा, गोरखा–२ र हुम्लामा सबै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारलाई एमालेले समर्थन गर्नेछ । बाँकी क्षेत्रमा पनि सहमतिमा सिट बाँडफाँड भएको जनाइएको छ ।
यता नेपाली काँग्रेसले भने उम्मेद्वार चयन गर्ने विषयलाई अझै पनि छलफललाई नै जोड दिएको छ । नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार चयन गर्ने विषयमा छलफल गरिरहेको काँँग्रेस नेताहरुले जनाएका छन् । लगातार बसिरहेको बैठकले उम्मेद्वारको नाम भने अझै टुंगो लगाउन सकेको छैन ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]