century-bank

कांग्रेसले ओलीलाई टक्कर दिन विश्वप्रकाशलाई उठाउने

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना युवा नेता विश्वप्रकाश शर्मालाई चुनाव लडाउने तयारी गरेको छ । कांग्रेसको उच्च श्रोतका अनुसार झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली उठ्ने निश्चित जस्तै भएकाले यो क्षेत्रमा युवा नेता शर्मालाई उम्मेदवार बनाउनेबारे छलफल भइरहेको छ ।

शर्मालाई झापा क्षेत्र नम्बर एकबाट उम्मेदवार बनाउन गाउँ कमिटीदेखि नै सर्वसम्मत सिफारिस गरिएको भएपनि कांग्रेसका शीर्ष नेताहरुले नै ओलीलाई हराउन शर्मा उम्मेद्वार बने झापा ५ मा ओलीलाई हराउन सक्ने आँकलन गर्दै तयारी गरिएको श्रोतको दाबी छ ।

शर्मा संविधानसभाको चुनावमा झापाको क्षेत्र नम्बर एकमा एमालेका रविन कोइरालासँग थोरै मतले पराजित हुनुभएको थियो । चारवटा स्थानीय तह रहेको झापा ५ एमालेको राम्रो पकड भएको क्षेत्र हो । स्थानीय तहको चुनावमा एमालेले बहुमत ल्याएको छ । तर राप्रपाको पनि राम्रो पकड भएकाले यो क्षेत्रमा नयाँ पुस्तामा लोकपृय रहेका नेता शर्मा उम्मेदवार बने ओलीलाई हराउन सक्ने का‌ंग्रेसको आँकलन छ ।

यो क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह गाउँपालिकाको ९ नम्बर बाहेकका ८ वटा वडा र गौरीगञ्ज गाउँपालिकाका ३ ४ ५ र ६ नम्बर वडा पर्दछन् । दमक एमाले अध्यक्ष ओलीको गृहनगर हो । जहाँका १० मध्ये ८ वटा वडामा एमाले विजयी भएको थियो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]