century-bank

नेपाली कांग्रेस (विपी) नामक नयाँ पार्टीको घोषणा

काठमाण्डाै । नेपाली कांग्रेसका पूराना तथा प्रभावशाली नेताहरुले नेपाली कांग्रेस (विपी) नामक नयाँ पार्टीको घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा विशेष पत्रकार सम्मेलन गर्दै पार्टीको विधिवत रुपमा घोषणा भएको उनीहरुले जानकारी गराएका हुन् ।

नेता हरिबोल भट्टराईको नेतृत्वमा नेताहरु क्रमशः पूर्वमन्त्री झलकनाथ वाग्ले, हरिशंकर मिश्र, पूर्वमन्त्री सुशिलमान शेरचन, युवा नेता पुष्प पराजुली र देवेन्द्र पौडेल लगायतका नेताहरु उक्त पार्टीमा आवद्ध छन् । उक्त पार्टीले २६ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति भट्टराईले नेपाली कांग्रेस विपी विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित हुँदै अघि बढेकोले आफूहरुले विपी विचारलाई स्थापित् गर्ने मूल उद्देश्यका साथ नयाँ पार्टी निर्माण गरेको स्पष्ट पारे । उनले काँग्रेस(वीपी), को चुनाव चिन्ह करुवा रहेको समेत जानकारीका दिए ।

उनले भने,‘कांग्रेसले विपीको विचारलाई लात हान्यो, पैसा र शक्तिको लागि जुनसुकै शक्तिसँग पनि सम्झौता गर्ने चरित्र देखायो, त्यसैले हामीले वीपीको विचारलाई स्थापित गर्नको लागि यो पार्टी निर्माण गर्यौं।’

त्यस्तै कार्यक्रममा उक्त पार्टीका उपसभापति झलकनाथ वाग्लेले पार्टी नेता र कार्यकर्ताको अत्यन्तै धेरै अवमुल्यन गर्ने र भुँईफुट्टा वर्गलाई प्रोत्साहन गर्ने गरेकोले आफूहरुले वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा पार्टी निर्माण गरेको बताए ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]