century-bank

काँग्रेसको शीर्ष नेताहरु प्रदेश र प्रतिनिधिको निर्वाचनमा पुरानै क्षेत्रबाट लड्ने

काठमाडौं । नेपाली काग्रेसका शीर्ष नेताहरुले पुरानै ठाउँबाट प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने भएका छन् । बुधवार बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले शीर्ष नेताहरुको निर्वाचन लड्ने क्षेत्रको टुंगो लगाएको हो ।

बैठकले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला लगायत अधिकांश नेताहरुले पुरानै क्षेत्रबाट निर्वाचन लड्ने टुंगो लगाएको छ ।

२०४८ सालदेखि नै डडेलधुरालाई आफ्नो निर्वाचन क्षेत्र बनाउँदै आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पुरानै क्षेत्रबाट निर्वाचनमा भाग लिने छन् । त्यसैगरि वरिष्ठन नेता रामचन्द्र पौडेलले पनि आफ्नै गृह जिल्ला तनहुँ बाट निर्वाचनमा सहभागी हुने छन् ।

यता कांग्रेस महामन्त्री शशांक कोइरालाले पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ बाट र विजय गच्छेदारले सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचनमा भाग लिने छन् । त्यसैगरि कांग्रेस नेता प्रकाशमान सिंह, युवा नेता गगन थापा, नवीन्द्रराज जोशी, ध्यान गोविन्द रञ्जित, राजेन्द्र जोशी, दीपक कुइँकेलले काठमाडौंबाट निर्वाचनमा सहभागी हुने जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]