century-bank

पूर्व सांसदहरुलाई दिइएको सुविधा संसद सचिवालयले फिर्ता लिन थाल्यो

काठमाडौ । व्यवस्थापिका संसद सचिवालयले भूतपूर्व सांसदहरुलाई सरकारको तर्फबाट उपलब्ध गराउँदै आएको सम्र्पूण सुविधाहरु फिर्ता लिने काम शुरु गरेको छ । रुपान्तरित व्यवस्थापिका संसदको आयू सकिएसँगै सांसदहरुको कार्यकाल असोज २९ गते सकिएपछि व्यवस्थापिका संसद सचिवालयले भूतपूर्व सांसदहरुलाई उपलब्ध गराउँदै आएको सुविधा फिर्ता लिन थालेको हो ।

२०७० साल मंसिर ४ गते भएको दोस्रो संविधान सभाको निर्वाचनबाट निर्वाचित भएका सभासदहरु मार्फत नेपालको संविधान निर्माण भएको थियो । संविधान सभाबाट २०७२ असोज ३ गते संविधान जारी भएसँगै संविधानसभा व्यवस्थापिका संसदमा रुपान्तरित भएको थियो । रुपान्तरित व्यवस्थापिका संसदको आयू सकिएसँगै सांसदहरुको कार्यकाल असोज २९ गतेबाट सकिएको छ ।

संविधानले सांसदहरुको कार्यकाल माघ ७ गतेसम्म तोकेपनि निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारको बन्द सूची बुझाउने मिति असोज २९ गतेका लागि तोकेको हुनाले सांसदहरुको कार्यकाल सकिएको हो । संसदको आयु सकिएसँगैे व्यक्तिगत तथा कार्यालय प्रयोजनको लागि उपयोग गदै आएको रातो पार्सपोर्ट,गाडी,पुस्तकालयका पुस्तक लागायत सामग्री फिर्ता गर्न भूतपूर्व सांसदहरुलाई जानकारी गराईएको व्यवस्थापिका संसद सचिवालयका प्रवक्ता डा.भरत गौतम बताउनुहुन्छ ।

व्यवस्थापिका संसदमा ५ सय ९२ भूतपूर्व सांसदहरु रहेका थिए । व्यवस्थापिका संसद सचिवालयले भूतपूर्व सांसदहरुलाई सरकारले उपलब्ध गराएको सुविधा वापत सामग्री फिर्ता गर्न १५ दिनको समय उपलब्ध गराएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]