century-bank

ठेमल क्षेत्रमा ब्यवसायी र पर्यटकको सुरक्षामा ब्यवसायीको ध्यानाकर्षण

काठमाडौ । काठमाडौको ठमेल क्षेत्रमा बर्षैदेखी अस्तव्यस्त रहेका सडक कालोपत्रे सुरु गरिएको छ । काठमाडौँ महानगरपालिका र स्थानीय व्यवसायीको करीव एक करोड लागतमा ठमेल क्षेत्रभित्रको करिब २ किलोमिटर सडक कालोपत्र गर्ने काम शुरु गरेको हो ।

महानगरपालिको सहयोगमा ठमेल क्षेत्रको मनाङ होटलदेखि काठमाडौँ गेष्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्मको सडक कालोपत्रको काम शुरु गरेको ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङले बताउनुभयो । काठमाडौ महानगरपालिका ७० प्रतिशत र ठमेलका पर्यटन व्यवसायीहरुको ३० प्रतिशत लगानीमा कालोपत्रे गर्न लागिएको गुरुङले जानकारी दिनुभयो ।

सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम शुरु गरेको ठमेल पर्यटन परिषदका उपाध्यक्ष राजमान डंगोलले बताउनुभयो । यस अघि बर्षातमा सडकमा पानी जम्मने, ढल सडकबाटै बग्ने,हिउँदमा धुलाको कारण हिड्न कठिनाई हुने समस्या रहेको स्थानीयवासी तथा परीषद सदस्य श्रेष्ठको भनाइ छ ।

काठमडौ भित्रने हरेक पर्यटकलाई ठमेल क्षेत्रमा हिडडुल गर्न समेत कठिनाई भइरहेको वेला कालोपत्र गरे पछि सहज भएको पर्यटकहरुको भनाई छ । ठमेल क्षेत्रमा आउने पर्यटकहरु बिभिन्न सास्ती भोग्नु परेको गुनासो पर्यटकहरुको रहेको छ । अहिले कालोपत्रे भएसँगै ठमेलमा पर्यटनको आर्कषण बढ्ने व्यवसायीले विश्वास गरेका छन ।

ठमेललाई स्वच्छ र सफा बनाउने उदेश्यले सञ्चालन गरिएको ब्यवसायीहरुको यो अभियानले पर्यटक र त्यस क्षेत्रमा ब्यवसायीहरुलाई राहत पुगेको ब्यवसायीहरु बताउछन । ठमेल पर्यटन परीषदले ठमेल क्षेत्रमा पर्यटक र ब्यवसायीको सुरक्षामा सरकार र सम्बद्ध निकायले गम्भीरतापुर्वक नलिएको गुनासो पनि गरेको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]