century-bank

इमान्दार र निष्ठाको कदर गर्दै कुकुरको पूजा गरियो

काठमाडौं । कुकुर घर पालुवा जनावरमा इमान्दार र कर्तव्य निष्ठ मानिन्छ । हरेक वर्ष तिहारमा कुकुरको पुजाआजा गर्दै इमान्दारिताको मूल्यांकन गर्ने हिन्दु परम्परा रहँदै आएको छ । यसका अनेकन किंवदन्ति नजोडिएको भने होइन । यमपञ्चकको दोस्रो दिनअर्थात कुकुर तिहारका रुपमा मान्ने गरिन्छ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ । यसदिन कुकुरलाई यमराजको दुत र भैरवको बहान भनेर पुजा गरिन्छ ।

हरेक नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ । त्यसैगरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको विश्वास रहँदै आएको छ ।

कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । काठमाण्डौ उपत्यकामा मात्र होईन देशका मुख्य–मुख्य शहरमा कुकुर पाल्नेको संख्या बढ्दै गएको छ । सुरक्षाका लागि कुकुर पाल्ने परम्परा अहिले शोख र सानको विषय बनेको छ ।

सामान्यतया नेपालमा विदेशबाट या स्वदेशमै उत्पादनगरि ४५ भन्दा बढि जातका कुकुरहरु पालिएको छ । ठुला जातका कुकुरहरुमा एलसेसीयन, ग्रेटटेन, जर्मन सेफहर्ट, डोरन्यान, ल्याब्रोटर, बक्सर र बुलडग जस्ता प्रजातीका छन् ।

सानाजातमाजापानी स्पिच, ल्हासाहाम्लो , आद् िप्रजातीका छन । नेपाल प्रहरीका तालिमप्राप्त कुकुरहरुको रेखदेख गर्ने इकाइले यसपालि पनि भव्य रुपमा कुकुर तिहार मनाएको छ । कतिपय आपराधिक घटनाको छानविनका लागि कुकुरको सहयोग अपरिहार्य बन्ने गरेको छ । कुकुरको पुजाले इमान्दार र निष्ठावानको मूल्यांकन हुने गरेको मानिन्छ ।

 

 

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]