century-bank

सीपी मैनाली नेतृत्व रहेको नेकपा मालेबाट पोलिटव्यूरो सदस्यसहित चारजना निष्काशित

 

कात्तिक १, २०७४

काठमाडौं । सीपी मैनाली नेतृत्व रहेको नेकपा मालेले आफखुसी अन्य पार्टीसँग वार्ता गरी पार्टी फुटाउने गतिविधि गरेको भन्दै पार्टीका तीनजना पोलिटब्युरो सदस्यसहित चारजनालाई निष्कासन गरेको छ ।

निष्कासित हुनेमा पोलिटब्युरो सदस्य हिक्मतबहादुर देउवा, गंगाप्रसाद चौधरी र वीरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य सीता महत देउवा रहेका छन् ।

पार्टीका महासचिव सीपी मैनालीको अध्यक्षमा मंगलबार बसेको बैठकले उनीहरुलाई पार्टी विधानको धारा १, २, ३, ४ र ५ बमोजिम कारबाही गरी पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिए ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]