century-bank

बलात्कारी पक्राउ

 

भोजपुर, १ कात्तिक , बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो ।

सोही गाउँकी १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा परिवारले दिएको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

मंगलबार पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
–––

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]