Nepa Top
century-bank

आज धनतेरस – कुन राशिले के सामान किन्ने ?

तुलसी भारद्वाज निरौला

काठमाडौं । पशुपक्षी एवम् भ्रातृ र भगिनी प्रेमको अपूर्व संयोग बनेको नेपालीको दोस्रो ठूलो चाड तिहार तिहारको पहिलो दिन आज काग तिहार,मनाइँदैछ ।

तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् र म्हः(आत्म) पूजा एवम् तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहारको समापन गरिन्छ ।

 

कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशबाहकका रुपमा लिइन्छ ।

आधुनिक सञ्चारको सुरुवात् हुनुअघि कागको गोडामा सन्देश भुन्ड्याएर पठाउने गरिन्थ्यो । यसैले कागलाई सन्देशबाहक पनि भनिन्छ । घर आँगनमा आई काग कराएमा शुभ बोल भन्ने चलन पनि छ । काग घरअघि आएर कराउँदा उसले केही सन्देश भनेको भनी विश्वास गर्ने प्रचलन छ । कागलाई पूजाआजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूतका रुपमा पनि लिइन्छ ।

“यसै दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ” तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजाको पनि पूजा गर्ने धार्मिक विधि रहेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]