century-bank

पेस्तोल देखाएर सुन पसलमा दिउँसै लुटिए

झापा । इलाका प्रहरी कार्यालय, बिर्तामोडको दुई सय मिटरभित्र दिनदहाडै पेस्तोल देखाएर चोरी भएका  छन्  । बिर्तामोडको मुक्ति चोकको एक गहना पसलमा चोरी भएको हो ।

२ तोला १२ आना सुनको सिक्री र औंठी   राजेश बराइलीको अष्टलक्ष्मी ज्वेलर्सबाट चोरी भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिए।

झापाको मुख्य व्यापारिक केन्द्रको बीच सडकमा दिउँसै गहना लुटिएपछि स्थानीय त्रसित बनेका छन् । चोकमा भएको सीसी टिभी क्यामेरामा हेरेर अपराधीको खोजी कार्य भइरहेको प्रहरीले बताए  ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]